Thursday, March 24, 2022

जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम मलंगवामा सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

    भिएसओ,प्रेरण,जेजेवाई,र एनसिई नेपालको संयुक्त  आयोजनामा जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न  भएको छ ।

   समावेशी र समतामूलक शिक्षाको विषयमा सर्लाही जिल्लाका स्थानीय  तह र नागरिक समाजले गरेका राम्रा अभ्यासहरुको बारेमा सरोकारवालाहरु सँग अन्तरक्रिया गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको प्रेरणाका कार्यक्रम अधिकृत रामचन्द्र चौधरीले बताएको छ।

   शिक्षा अधिकारको लागि समता र समावेशीकरण कार्यक्रम मधेश प्रदेशका सर्लाहीसहित बारा,पर्सा र रौतहटमा गरि जम्मा ४ चारवटा जिल्लाहरुमा संचालन भइरहेको एनसिई नेपालका कार्यक्रम व्यवस्थापक राम गैरेले जानकारी दिए।

    सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा एनसिई नेपालका कार्यसमिति सदस्य शुभेन्द्रमान श्रेष्ठको अध्यक्षता, मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा उपमेयर शान्ती मिकरानीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी,नागरिक समाजका उग्रकान्त झा, पब्लिक माविका प्रअ सुवास यादव लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो।

No comments:

Post a Comment