Thursday, March 10, 2022

तेलको कन्टर भित्र लागुऔषध बरामद एकजना पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २६

    मलंगवा नगरपालिका-५  प्रहरी चौकी  भाँडसरबाट खटिएको प्रहरी गस्ती  टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको  प्रतिबन्धित  लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती  नगरपालिका वडा न-४ प्रसाईं टोल  बस्ने २२ वर्षीय अभिषेक प्रसाईं  रहेको छ ।

   बुधबार साँझ सवा ४  बजे गस्तीमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ५५ प ३८६२ नम्बरको मोटरसाइकललाई शंका लागी चेक गर्ने क्रममा निजलाई मोटरसाइकल पछाडि बोकेको तेलको कन्टर भित्र लुकाइ राखेको लागुऔषध कोरेक्स ९५ पिस सहित पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

   प्रसाईं बरामद लागुऔषध र मोटरसाइकलसहित जिप्रका मलंगवाको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment