Tuesday, March 29, 2022

मेयर देवेन्द्र यादव द्वारा गोडैतामा बालबिकास भवनको उद्घाटन

 




लोकतन्त्र समाचारदाता---

सर्लाही (गोडैता),चैत १५

    सर्लाहीको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले सोमबार एक कार्यक्रमका बिच २ वटा नयाँ  बालविकासको भवन र स्वच्छ खानेपानीको धाराको उद्घाटन गर्नुभएको छ।

    गोडैता नगरपालिका वडा न- ३ सिमरा भगवतिपुर स्थित श्री प्राथमिक विधालयमा २९ लाखको लागतमा निर्माण भएको नयाँ बालविकास  भवन, स्वच्छ खानेपानी र पर्खाल र  वाड न-७ जानकीनगर स्थित श्री प्राथमिक विधालयमा १९ लाखको लागतमा निर्माण भएको नयाँ बालविकास भवन र स्वच्छ खानेपानी धाराको उद्घाटन गर्नुभएको नगरपालिकाले जनाएको छ।

     सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मंलगवा, सर्लाहीको प्राविधिक सहयोग तथा गोडैता नगरपालिकाको सहकार्यमा संचालित समुन्नती कार्यक्रम अन्तर्गत  निर्माण गरिएको उक्त भवन तथा खानेपानी धारा सोमबार सम्बन्धित   विधालयलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष गायत्री देवीले जानकारी   दिए ।

   कार्यक्रममा  मेयर यादव, वडा न-३ का वडाअध्यक्ष विजय प्रसाद यादव, आरआरपिकेका डायरेक्टर शिवजी साह, अध्यक्ष गायत्री देवी, कार्यक्रम संयाेजक दिलिप कुमार यादव, ईन्जिनियर विपिन कुमार यादव, फिल्ड अफिसर रंजित यादव, समुन्नति कार्यक्रम सहायक रुपेश कुशवाहा, सामुदायिक परिचालक राकेश कुमार ठाकुर, शशिकान्त कापड, सेभ द चिल्ड्रेनका परियोजना संयाेजक रामु शर्मा,सम्बन्धित  विधालयका शिक्षक विधार्थी, अभिभावक लगायत स्थानियवासीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

     सोही दिन  बलरा नगरपालिकाका मेयर अभय सिंहले पनि एक कार्यक्रमका बिच वडा न- ५ अर्नाहा स्थित सामुदायिक विधालयको  १९ लाखको लागतमा पुरानो भवनको मर्मत सम्भार र पर्खाल निर्माण गरि  विधालयलाई हस्तान्तरण गर्नुभएको छ।

No comments:

Post a Comment