Wednesday, March 16, 2022

उवासंघ मलंगवाको होली मिलन समारोहमा यातायात विभागको कार्यालय सर्लाहीमा पनि स्थापना गर्न आवश्यक पहल गर्ने जिल्लाका सबै राजनीतिक दलका जिल्ला सभापतिहरुले गरे प्रतिबद्धता

 



मनोज यादव---

सर्लाही,फाल्गुन २

    मधेश प्रदेशका अन्य जिल्लाहरुमा जस्तै  यातायात विभागको कार्यालय सर्लाही जिल्लामा ल्याउन आवश्यक पहल गर्ने सर्लाहीका सबै राजनीतिक दलका जिल्ला सभापतिहरुले प्रतिबद्धता गरेका छन् । उद्योग वाणिज्य संघ मलंगवाले बुधबार आयोजना गरेको स्वागत,सम्मान ,छलफल एवं  होली मिलन समारोहमा उहाँहरुले यस्तो प्रतिबद्धता गरेका हुन।

    सर्लाहीको सदरमुकाम मलंगवा वडा न-८ स्थित उवासंघको सभाहलमा आयोजना गरिएको होली मिलन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी,विशिष्ट अतिथि नगर प्रमुख निरसल साह,प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकोटा सहित एसपी कृष्ण प्रसाईं,सशस्त्र प्रहरी प्रमुख,मलंगवाका प्रतिष्ठित ब्यापारी, उद्योगपति,उवासंघका पदाधिकारी लगायत नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह,नेकपा एमाले सर्लाहीका सभापति राजनारायण साह,नेकपा माओवादीका कमल बुढाथोकी,राजपाका बिरेन्द्र राय तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका उवासंघ मलंगवाका अध्यक्ष बिरेन्द्र साहले  मधेश प्रदेशका जिल्लाहरु महोत्तरीको बर्दिबास,धनुषाको जनकपुर,पर्साको बिरगंज,सिरहाको लहानमा यातायातको कार्यालय रहेजस्तै सर्लाहीमा पनि यसको कार्यालय स्थापना गरेर यहाँका जनताहरुलाई नयाँ सवारी लाइसेन्स बनाउन,लाइसेन्सको नविकरण गराउन लगायतका कामहरुको लागि टाढा जानुपर्ने झन्झटबाट मुक्त गर्न सर्लाही जिल्लामा पनि यातायात विभागको कार्यालय स्थापनाको लागि जिल्ला स्थित राजनितीक दलका  जिल्ला सभापतिहरुसँग आग्रह गरेका थिए।उनको आग्रहलाई स्विकार्दै कार्यक्रममा सहभागी राजनीतिक दलका जिल्ला सभापतिहरुले यसका लागि ब्यक्तिगत र आआफ्नो पार्टीको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता गरेका थिए।

  सोही कार्यक्रम मार्फत अध्यक्ष साहले जिर्ण अवस्थामा रहेको  मलंगवा स्थित कर कार्यालयको पुरानो भवनको समेत जिर्नोधार गरि  संचालनमा ल्याउनु पर्ने बताएका थिए।

   जितेन्द्र कुशवाहाले संचालन गरेको  कार्यक्रममा सहभागीहरु अथितिहरुलाई उवासंघ मलंगवाको तर्फबाट टोपी,अबिर लगाएर र गम्छा ओढाएर स्वागत गरिएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य अजित सिंहले राखेका थिए।

No comments:

Post a Comment