Thursday, March 3, 2022

मलंगवाबाट लागुऔषध गाँजासहित तीन भारतीय पक्राउ


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १९

    प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८  बाट दुईजना भारतीय युवकहरुलाई पक्राउ गरेको छ।

    मलंगवा नपा-८ स्थित गोरखकाली प्रहरी चौकीमा खटिएको प्रहरी  टोलीले मंगलबार दिउँसो  चेकजाँच  गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पुमा सवार भारतको सितामढी जिल्ला ग्राम पञ्चाय राजा परसौनी-१ बस्ने वर्ष २३ को मो.साकिर, सोही ठाउँको वडा न-९ बस्ने वर्ष ३५ को नुर मोहम्मद राई र शिवहर जिल्ला ग्राम पञ्चाय सलिमपुर वडा न-१३ बस्ने वर्ष २० को मो.नसु आलमलाई १०  केजी लागुऔषध गाँजासहित  पक्राउ गरेको हो।

   पक्राउ तीनैजनालाई जिप्रका मलंगवाको हिरासतमा राखेर अनुसंधान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक जटाशंकर यादवले जनाएको छ।


No comments:

Post a Comment