Tuesday, March 8, 2022

११२ औं अन्तर्राष्ट्रिय महिला दिवस:सरला माई समूह र एम्नेस्टी इन्टरनेशनल द्वारा मलंगवामा प्रभात फेरी


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २४

     "सामाजिक न्याय र लैंगिक समानता,दिगो विकासको सुनिश्चितता" भन्ने नारा सहित एम्नेस्टी इन्टरनेशनल र सरला माई समूह मलंगवा-९ ले आज(मंगलबार)मलंगवा नगरपालिकामा प्रभातफेरी गरि ११२औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्।

     बिहान ८ बजे साउथ प्वाइन्ट बोर्डिङ स्कुलबाट उपमेयर शान्ती मिकरानीको अगुवाइमा,अब्दुल रहिम मिकरानी, संस्थाका पदाधिकारी,स्थानीय समाजसेवी विद्यार्थीहरु लगायतको सहभागीतामा   मलंगवा नगरपालिकाको विभिन्न वडा तथा टोलमा जस्टिस फर वुमन , महिला हिंसा बन्द गरौं,महिलाको सम्मान गरौं लगायतका नाराहरु लेखिएको ब्यानर र प्लेकार्ड  लिएर प्रभातफेरी गरिएको युवा समाजसेवी समीर मिकरानीले जानकारी दिए।

    कार्यक्रममा उपमेयर शान्ती मिकरानीले  महिला माथी हुने बिभिन्न खाले हिंसालाई रोक्न सबैले एक्कबद्दता हुनुपर्नेमा जोड दिएका थिए । 

No comments:

Post a Comment