Tuesday, March 8, 2022

सर्लाहीमा जनप्रतिनिधि तथा किशोरीहरुले नेपालको प्रचलित कानुन २० वर्ष नपुगि विवाह नगर्ने नगराउने प्रतिबद्धता गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाए





मनोज यादव---

सर्लाही,फाल्गुन २४

   सर्लाहीका किशोरी,किशोरी तिनका अभिभावक तथा जनप्रतिनिधिहरुले  नेपालको प्रचलित कानुन अनुसार २० वर्ष उमेर न पुगि विवाह नगर्ने र नगराउने प्रतिवद्धता व्यक्त गरेका ।

   जिल्लाको मलंगवा नगरपालिका र कौडेना गाउँपालिकाका जनप्रतिनिधि, किशोर,किशोरी तथा तिनका अभिभावकहरुले आज(मंगलबार)भिएसो नेपाल र प्रेरणाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका बीच सामुहिक रुपमा  ब्यानरमा हस्ताक्षर गरेर यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।


   प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गर्दै दुबै पालिकाका प्रमुखले यसअघि जेजस्तो भएपनि अब उपरान्त आफ्नो पालिकामा २० वर्ष नपुगि कसैको पनि विवाह हुन नदिने र यदी कसैले नेपालको प्रचलित कानुन विपरीत विवाह गरिहाले त्यस्ता ब्यक्तिको विवाह दर्ता नगर्ने र कडा कार्यवाही गर्ने बताएका छन् ।यसको सुरुवात आफ्नै परिवारबाट गर्ने समेत उहाँहरुले सार्वजनिक रुपमा प्रतिबद्धता गर्नुभएका छन् ।आजबाट सुरु गरेको उक्त हस्ताक्षर कार्यक्रम यही फाल्गुन २७ गते शुक्रवारसम्म चलाइने कार्यक्रम संचालक एवं  भिएसको नेपालका राष्ट्रिय स्वयंसेवक कृष्ण कुमार मल्लिकले जानकारी दिए।उनले हस्ताक्षर अभियान मलंगवा नपा र कौडेना गापाको हरेक वडाहरुमा चलाउने जानकारी दिए । दुवै पालिकालाई मिलाएर २ हजार भन्दा ब्यक्तिहरुको हस्ताक्षर संकलन गर्ने संस्थाको लक्ष्य रहेको मल्लिकले बताएका छन् ।


   आज देशभर सहित सर्लाहीका विभिन्न पालिका तथा गैरसरकारी  संघसंस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।सोही क्रममा भिएसओ नेपाल र प्रेरणाले पनि  "सामाजिक न्याय र लैंगिक समानता,दिगो विकासको सुनिश्चितता" भन्ने नाराका साथ मलंगवा नगरपालिकाकी उपमेयर शान्ती शबनम मिकरानीको अध्यक्षता तथा मलंगवा नपाका मेयर निरसल साह र कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवको प्रमुख आतिथ्यतामा यो दिवस मनाएको छ।



  मलंगवा वडा न-८ स्थित कुशुम पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा दिवसको उपलक्ष्यमा  सोमबार संस्थाद्वारा दुबै पालिकामा संचालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको निबन्ध लेखन र चित्रकला प्रतियोगितामा सहभागी भइ उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएका किशोरीहरु तथा किशोरी सशक्तीकरण कार्यक्रममा अहोरात्र लागेर कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका भिएसओ र प्रेरणाका महिला कर्मचारीहरुको हौसला बढाउन उपहार प्रदान गरि पुरस्कृत गरिएका थिए।





    भिएसओकी राष्ट्रिय स्वयंसेविका दृष्टिविहीन महिला अन्जु धितालले संचालन गरेको कार्यक्रममा प्रेरणाका कार्यक्रम अधिकृत रामचन्द्र चौधरी, भिएसओका जिल्ला परियोजना अधिकृत राजन कर्ण, ओसिएमसी सर्लाहीकी दिवानी घिमिरे,कौडेना गापा शिक्षा शाखा संयोजक राज किशोर यादव,मलंगवा नपा शिक्षा शाखा संयोजक प्रमोद मण्डल,मावि कौडेनाका प्रअ नागेन्द्र राय,मलंगवा नपा वडा न-३ र ६ तथा कौडेना गापा वडा न-१,३,४ र ७ का वडाध्यक्षहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा  किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रमका ठुलीदिदी र किशोरीहरुको उपस्थिति रहेको थियो।

  

   

   


No comments:

Post a Comment