Monday, March 28, 2022

सलेमपुरको चमेली माई नजिक मोटरसाइकल दुर्घटना,चालकसहित २ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १४

   सर्लाहीकाे कबिलासी नगरपालिका वडा न-१० स्थित चमेली माईको मन्दिर नजिकै आज(सोमबार)दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परि चालकसहित दुईजनाको मृत्यु भएको छ।

     मृत्यु हुनेमा सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ निवासी भोला मिकरानीको २७ वर्षीय छाेरा  तौखिफ मिकरानी र मुसैली निवासी २६ वर्षीय मकबुल लहरी सफी रहेको प्रहरीले जनाएको छ।

मृतक तौफिक मिकरानी


     जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको माेटरसाईकलमा मलंगवाबाट बागमती नगरपालिकाको भरत तालमा घुम्न भनि  जाँदै गरेको अवस्थामा सोमबार दिउँसो करिब १ बजेको समयमा  नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत पर्ने कबिलासी नपा सलेमपुर वडा न-१० स्थित चमेली माईको मन्दिर भन्दा केही अगाडी आफै अनियन्त्रित भई  सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना  भएको थियो ।उक्त दुर्घनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको  र पछाडी सवार सफीको थप उपचारको लागि बिरगंज पुर्याउँदा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक 


      छिमेकीहरुका अनुसार मृतक मिकरानी केही दिन अगाडी मात्र  वैदेशिक रोजगारीबाट मलंगवा स्थित आफ्नो घर आएका थिए ।


No comments:

Post a Comment