Monday, March 14, 2022

अपराध न्यूनीकरणका लागि मलंगवाको वडा न-३ विश्वकर्मा चौकमा स्थायी प्रहरी बिट स्थापना

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ३०

    बजार  क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि सर्लाहीको मलंगवा  नगरपालिका वडा न-३ स्थित विश्वकर्मा चौकमा स्थाई प्रहरी बिटको स्थापना गरिएको छ ।

    उक्त बिटको नगर प्रमुख निरसल साह,नगर उपप्रमुख शान्ती मिकरानी,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले सोमबार एक कार्यक्रमबीच संयुक्तरूपमा  उदघाटन गरेका छन्

    वडा न-३ को विकास सम्बन्धि शिर्षकबाट छुट्याएको ४ लाख रुपैयाको लगानीमा निर्माण भएको उक्त बिटको बाँकी रहेका कामहरु पूरा गर्न वडा कार्यालयबाट क्रमाङ्गत रकम उपलब्ध गराउँदै लाने वडाध्यक्ष राम कैलाश साहले बताउनुभयो।कार्यक्रममा वडाध्यक्ष साहले उक्त प्रहरी बिटको निर्माणमा विशेषरुपमा उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साहले पनि आफ्नोतर्फबाट  आर्थिक सहयोग गरेकोले वडा कार्यालय तथा वडाबासीहरुको तर्फबाट उहाँलाई धन्यबाद दिएका थिए।

    नगरप्रमुख साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मिकरानी,प्रजिअ गौतम ,प्रहरी उपरीक्षक  प्रसाईं सहित,प्रहरी निरिक्षक कृष्ण गिरी,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,सामुदायिक प्रहरी सर्लाहीका पुर्व अध्यक्ष रामनारायण ठाकुर,नेकपा एमाले सर्लाहीका सभापति राजनारायण साह, विद्यार्थी नेता शमिमबाबू खान,  अमृत यादव,गफार मंसुरी,तेजनारायण राय लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

  


No comments:

Post a Comment