Sunday, March 13, 2022

होली मर्यादा पुर्वक मनाउन जिल्ला प्रशासनको निर्देशन,होलीको नाममा अवाञ्छित क्रियाकलाप गर्नेलाई कडा कार्यवाही गरिने


 


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २९

   जिल्ला प्रशासन कार्यालय सर्लाहीले होली पर्वको नाउँमा अवाञ्छित क्रियाकलाप गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कडा कार्यवाही गर्ने भएको छ।

    जिप्रका सर्लाहीले आइतवार सूचना जारी गर्दै होलीको नाउँमा  विकृति फैलाउँदै कसैको इच्छा विपरीत रंग लगाउने , लोला हान्ने, पानी तथा हिलो छ्याप्ने,नमेटिने खालका रंग लगाउने,मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने,जिस्काउने,सार्वजनिक स्थानहरुमा होहल्ला गर्ने,चर्को आवाजमा डिजे तथा अन्य बाजा बजाउने जस्ता अवाञ्छित क्रियाकलाप हरु तथा कसैको निजी जिवनमा असर पर्ने खालका कार्यहरु गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्यवाही भइजाने कडा निर्देशन दिएको छ। 

   विगतमा यस्ता विकृतिका कारण विभिन्न दुर्घटनाहरु भइसकेकाले यस्ता घटनाहरु हुन नदिन यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो। उहाँले कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत भन्नुभएको छ। 

No comments:

Post a Comment