Friday, March 25, 2022

सर्लाहीका १०० जना दलित विद्यार्थीहरुलाई छात्रवृत्ति बाँडियो




लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत ११ 

      नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत सर्लाहीका १०० जना दलित छात्रछात्रालाई सन् २०२२ को लागि पहिलो किस्ता छात्रवृति वापतको रकम वितरण गरिएको छ ।

  संघका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा शुक्रवार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । विशेष लक्षित समुहलाई तीनतहमा विभाजन गरि ५ सय, ६ सय र १४ सय रुपैयाँ र अति जोखिमलाई पनि तीनतहमा विभाजन गरि ५ सय ६ सय र १४ सय रुपैयाँको दरले छात्रवृत्ति वितरण गरिएको छ ।त्यस्तै रोल मोडेलतर्फ  १२ सय, १४ सय र २ हजार रुपैयाँका दरले वितरण गरिएको छ । व्याचलर तहका लाई २ हजार, मास्टरडिग्रीका लागि  २५ सय   र प्रविधिक तर्फ २ हजार प्रति विद्यार्थी   छात्रवृत्ति वितरण गरिएको छ।जिल्ला कार्यक्रम अधिकृत गोविन्द  पासवानले जानकारी दिए ।

   

नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि संघीय सांसद प्रमोद साह,मधेश प्रदेश सांसद निरा कुमारी साह, मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,प्रमुख प्रशासकीय अधिकृत राजकुमार थापा,  गोविन्द पासवान,पुर्व गाविस अध्यक्ष विनय कुमार कर्ण, बाल कल्याण संघ सर्लाहीका  सुन्दर श्याम राय,महिलानेतृ एवं समाजसेवी देव कुमारी महरा,राम नरेश मण्डल लगायत छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरु तथा तिनका अविभावकको उपस्थिति रहेको थियो ।


छात्रवृत्ति प्रत्येक त्रैमासिक रुपमा वितरण गरिदैं आएको संस्थाका अध्यक्ष पासवानले जानकारी दिए । सोही कार्यक्रमको अवसरमा मेयर निरसल साहले आयोजक संस्थालाई दलित विद्यार्थीहरुको उत्थानमा केही थोरै भएपनि सहयोग पुर्‍याउने उदेश्यले सारदा प्लाइउड उद्योगको तर्फबाट नगद रु १० हजार सहयोग गर्नुभएको थियो।

No comments:

Post a Comment