Monday, March 7, 2022

स्वास्थ्य शिविर मार्फत सर्लाहीका गरिब तथा विपन्न वर्गको उपचार गर्दै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरका मुटु रोग विशेषज्ञ डाक्टर राजेश कुमार साह

 


 


मनोज यादव---

सर्लाही,फाल्गुन २३

    सर्लाहीको सदरमुकाम मलंगवामा रहेको स्तुती सौम्या हेल्थ केयर अस्पताले मुटु तथा छाती रोग सम्बन्धि  स्वास्थ्य  जाँच शिविर सुरु गरेको छ ।

   स्तुति सौम्या हेल्थ केयर अस्पतालका संचालक एवं डाक्टर गुणेश्वर झाको विशेष पहलमा प्रत्येक  महिनाको २ पटक शनिवारको दिन  छाती तथा मुटु रोगका बिरामीहरुको लागि स्वास्थ्य  जाँच शिविर सुरु गरिएको हो।

    शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरका शाखा प्रमुख तथा प्रख्यात मुटु रोग विशेषज्ञ डाक्टर राजेश कुमार साह द्वारा बिरामीहरुको जाँच भइरहेको उक्त शिविरमा पहिलो सनिवार नयाँ पुरानो गरि ५० जना भन्दाबढी बिरामीहरुको जाँच गरिएको र उनीहरूलाई डाक्टर साहले आफ्नो तर्फबाट निशुल्क रुपमा औषधि वितरण गरिएको डाक्टर झाले जानकारी दिए।शिविरको आयोजक समेत रहेको स्तुती सौम्या अस्पतालले पनि आफ्नो तर्फबाट मुटु रोग विशेषज्ञ डाक्टर साहले  सिफारिस गरेका बिरामीहरुको लागि इसिजी,इको लगायत विभिन्न ल्याव परीक्षणमा छुट दिएका थिए।   

   मुटु तथा छाती रोगको जाँचको लागि सर्लाही जिल्लाको मलंगवालाई नै किन छनौट  गर्नु भएको प्रश्नमा डा साहले आफु  मलंगवाको स्थानीयबासी रहेको र डाक्टर भइससकेपछि आफ्नो गाउँठाउँका बासिन्दाहरुको लागि केही गर्नुपर्छ भन्ने पहिलादेखि नै सोंच रहकोले  स्वास्थ्य शिविरको लागि गृह जिल्लाको मलंगवालाई छनौट गरेको बताउनुभयो ।उहाँले यहाँका अधिकांश जनताहरु गरिबी रेखामुनि रहेकाले छाती तथा मुटुमा समस्या भएका बिरामीहरु पैसाको कमीका कारण काठमाडौ,जनकपुर लगायत भारतका विभिन्न शहरका ठुला तथा मंहगा अस्पतालमा गएर उपचार गराउन सकिरहेका छैनन् जसले गर्दा उनीहरूलाई अकालमै ज्यान गुमाउनु परेकोले पैसाको कमीका कारण उपचारबाट बन्चित भइ अकालमा ज्यान नगुमाउन भन्ने उदेश्यले विशेषगरी गरिब तथा अतिविपन्न जनताहरुको लागि  स्वास्थ शिविरको आयोजना गरेको बताउनुभयो।




  यस  स्वास्थ्य शिविरमा छाती दुख्ने,दम हकसक बढ्ने,मुटुको अपरेशन भएको,ब्लड प्रेसर बढेको,धडकन बढ्ने,चक्कर लाग्ने,बेहोस हुने,हर्ट एटैक र वाइपास सर्जरी भएका बिरामीहरुहरुको जाँच गरिने डाक्टर झाले बताए ।

  विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा भने  २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ । 

  धुम्रपान-मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरेमा मुटु रोगबाट बच्न सकिने मुटु रोग विशेषज्ञ साहले बताए।


No comments:

Post a Comment