Tuesday, March 1, 2022

मलंगवाको २ नम्बर वडामा भब्य महावीरी झण्डा मेला सुरु/ मेलाको प्रमुख आकर्षण नेपाल र भारतका नाम चलेका पहलवानहरु बिच "कुस्ती"प्रतियोगिता

  





मनोज यादव---

सर्लाही,फाल्गुन १७ गते

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित पब्लिक स्कुल नजिक भब्य माहाविरी झण्डा मेला  विधिवत रुपमा सुरु भएको छ।

   

धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलाको मंगलबार झण्डा जोरइयाको दिन नगर प्रमुख निरसल साहले जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी,मलंगवा नपा-२ का वडाध्यक्ष राम उजैन राय लगायत नगरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उद्घाटन गर्नुभएको छ।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२  पब्लिक स्कुल स्थित झण्डा बजारमा संचालन भइरहेको यस मेलामा बाघवाला रथमा सवार राम,सीता र लक्षमणको मुर्तिसहितको बजरंगबलीको प्रतीक कलात्मक १५ खण्डको झण्डा दर्शनकालागि राखिएको छ ।त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौतिक सामाग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, मनोरञ्जनका लागिविभिन्न खेल तमासा,सर्कस,मौतका कुवा,रामहिलोरा झुला,ब्रेकडान्स झुला,बच्चाहरुको लागि झुलाको ब्यवस्था गरिएको छ।यसका साथै मेलाको विशेष आकर्षणको रुपमा कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ।फाल्गुन २२,२३ र २४ गते हुने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका नाम चलेका पहलवानहरु बिच महाकुस्ती खेलाइने मेला समितिका अध्यक्ष भोला साह सोनारले जानकारी दिएको छ।

  मेला हेर्न आउने दर्शनार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनको तर्फबाट चौबीसै घण्टा सुरक्षाकर्मी र ठुलो संख्यामा मेला समितिका स्वयंसेवकहरु परिचालन गरिएको छ। 

   यो मेला फाल्गुन १७ गतेदेखि फाल्गुन २५ गतेसम्म चल्ने छ।आवश्यक परेको खण्डमा मेलाको समय बढ्न सक्ने बताइएको छ।


No comments:

Post a Comment