Wednesday, March 9, 2022

गोडैतामा एकघर जल्दा डेढ लाखको क्षति

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २५

   सर्लाहीको गोडैता नगरपालिका-६ स्थित स्थानीय विन्देश्वर राउत कुर्मीको घरमा आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति  भएको छ ।

   कुर्मीको खरले छाएको कच्ची घरमा सोमबार दिउँसो खाना पकाउने क्रममा चुल्होबाट अचानक आगो सल्किन गई आगलागी हुँदा घरसहित घर भित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडाबर्तन तथा काठको फर्निचरहरु गरि अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

   आगलागीबाट मानवीय र पशु चौपायको भने क्षति नभएको प्रहरीले जानकारी दिएको छ।उक्त आगलागि  स्थानीयबासी र प्रहरीको सहयोगमा १५ मिनेटमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले बताए ।

No comments:

Post a Comment