Wednesday, March 9, 2022

लागुऔषध सहित हरिवनबाट दुईजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २५

    इलाका प्रहरी कार्यालय हरिवन प्रहरीले प्रतिबन्धित  लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी नगरपालिका वडा न-२  बस्ने विष्णु बैरागीको छोरा अन्दाजी ३० वर्षीय र संजय कुमार महतो र  सोही पालिकाको वडा न-१ बस्ने ४५ वर्षीय अहमद अली रहेका छन् ।

   उनीहरुलाई मंगलबार अपराह्न साढे २ बजे जिल्लाको पुर्व-पश्चिम लोकमार्गमा चेकिङ्गमा खटिएको प्रहरी टोलीले ना १४ प ७७३० नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा सिट मुनि लुकाइ राखेको लागुऔषध नाइट्रोभेट १५ पत्ता(३०० पिस) सहित पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

   उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment