Monday, March 28, 2022

कबिलासीका विपन्न ,टुहुरा बालबालिकाले पाए शैक्षिक सामाग्री

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १४

बाल कल्याण समाज (CWS) सर्लाहीले कविलासी नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत २० जना गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ।

      कविलासी नपा वडा न-८ स्थित श्री जनता अधारभुत विद्यालयको सभा हलमा शनिवार संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि कविलासी नपा वडा न-९ सलेमपुर निवासी समाजसेवी  जगन्नाथ रायले  शैक्षिक सामग्री बितरण गरेको छ।उहाँले नै सहयोग उपलब्ध गराउनुभएको २० जना विद्यार्थीहरुाई जनही १२ थान अभ्यास पुस्तक , १२ थान बल पेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी  बितरण गरिएको थियो।

    कार्यक्रममा सहभागी अतिथिहरुले

  शिक्षाका लागि शैक्षिक सामग्रीको महत्त्वको बारेमा ब्याख्या गर्दै यो शैक्षिक सामाग्रीले लक्षित वर्गका बालबालिकाहरुको शिक्षा प्राप्तिमा ठुलो सहयोग हुने बताएका थिए।

    उक्त संस्थाले यसअघि पनि बेलाबेलामा विभिन्न दाताहरुको सहयोगमा दलित, विपन्न, टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगायत अन्य सामाग्रीहरु वितरण गर्दै आएको जनाइएको छ। 

No comments:

Post a Comment