Saturday, March 12, 2022
नेपाल नेत्र ज्योति संघ सर्लाहीको साधारणसभाको प्रमुख अतिथि आँखा बिरामी
नेपाल नेत्रज्योति संघ मलंगवा,सर्लाहीको साधारण सभा सम्पन्न भएको छ । संघको सर्लाही शाखाले सदरमुकाम मलंगवामा सनिवार एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।
संघका सभापति जैसवालको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथीको रुपमा एकजना आँखाको रोगी जनक किशोर साहलाई प्रमुख अतिथिको रुपमा आशन ग्रहण गराइएको थियो।
सो साधारणसभामा संस्थाको विकास तथा उन्नतिका लागि बेलाबेलामा आर्थिक तथा जिन्सी सहयोग गर्दै आइरहेका मलंगवाका स्थानीय समाजसेवी तथा बरिस्ठ व्यक्तिहरुलाई संघको तर्फबाट दोसल्ला ओढाएर कदरपत्रसहित सम्मानित गरिएको संघका सदस्य मुकेश कुमार जयसवालले बताए ।सोही अवसरमा आँखा उपचार केन्द्रमा उपचारका लागि आएका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको जयसवालले जानकारी दिए।
सर्लाही आँखा उपचार केन्द्र मलंगवाको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मेयर निरसल साह,चौधरी आँखा अस्पताल लहानका संस्थापक अध्यक्ष रवीन्द्रनाथ चौधरी,संघका निवर्तमान सभापति पुष्प रंजितकार,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,हरिशंकरलाल कर्ण, गणेश गुप्ता ,रामदेव ठाकुर लगायतका समाजसेवी तथा सर्लाही चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता "सुगन्ध", सहारा मल्टिपर्पस को,सो मलंगवाका प्रबन्धक सुनिल कुमार गुप्ता, ने.ने.ज्योती संघका पदाधिकारीहरु, आँखा उपचार केन्द्रका कर्मचारीहरु,बुद्धिजीवी तथा उपचारका लागि केन्द्रमा आएका आँखा बिरामीहरुको उपस्थिति रहेको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment