आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले गरे गठबन्धन कमिटीको गठन
लोकतन्त्र समाचारदाता----
सर्लाही,चैत ६
नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्बाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न बार्ता कमिटी गठन गरेको छ । आज हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले बार्ता कमिटी बनाएको हो ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको बार्ता कमिटीमा देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहनु भएको जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । उहाले केपि ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गर्नुभयो ।
प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, प पार्टी सग बार्ता भए पनि आबश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्बाचनमा जुट्ने, पार्टी प्रचार बिभागलाई पूर्णता दिने, चुनाबसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल , रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
No comments:
Post a Comment