Wednesday, December 1, 2021

सिसौटियामा संचालित स्थायी वन्ध्याकरण शिविरबाट २ सयभन्दा बढी महिलाहरु लाभान्वित

 


लोकतन्त्र समाचारदाता---

सर्लाही, मंसिर १५

    सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले आयोजना गरेको स्थायी वन्ध्याकरण शिविरबाट २ सयभन्दा बढी  महिलाहरुले मिनिल्याप गराएका छन् ।

      परिवार नियोजन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत गोडैता नगरपालिकाको सिसौटिया स्वास्थ्य चौकीमा  संचालित नि:शुल्क एकीकृत बृहत् परिवार नियोजन शिविरमा २१३ जना महिलाहरुले मिनिल्याप गराएको स्वास्थ्य संयोजक प्रमोद पंडितले जनाएको छ ।सोही शिविर सँगै संचालित Uterus prolapse तथा VIA जांच क्याम्पमा  ८४ जना महिलाको  पाठेघर समेत जांच गरिएको छ भने  ११ जना बिरामीलाई ring हालिएको संयोजक पंडितले बताएको छ ।

     गत मंसिर १० गतेदेखि मंसिर १४ गतेसम्म संचालित उक्त शिविरको बुधबार एक समारोहको आयोजना गर्दै समापन गरिएको छ ।समापन समरोहको अवसरमा स्वास्थ्य शाखा गोडैताले सफलतापुर्वक शिविर  संचालनमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई विशेष धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment