Thursday, December 16, 2021

न्यायको माग गर्दै दलितहरु द्वारा चार दिनदेखि जिल्ला प्रशासनमा धर्ना

  

लाेकतनत्र समाचारदाता-       

 सर्लाही १ पौष 

    न्यायको माग गर्दै दलितहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीको मेन गेट अगाडी घर्नामा बसेका छन् । बहुजन एकता पार्टी नेपाल गएको ४ दिन देखि धर्ना बसेका हुन  ।

    बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन पार्टीका अन्य केन्द्रिय प्रतिनिधी सहित आफै धर्नामा बसेको हो । गएको जेठ १२ गतेका दिन सर्लाहीको चक्रघटटा गाउंपालिका–२ बस्ने जसोधा देवी  र रामविनेश रायले काम लगाई दिन्छु भन्दै सोही वडाका झगरु महराको १८ बर्षिय  छोरा अजय महरालाई ललाई फकाई लगेको थियो । ६ महिना बित्न लाग्दा पनि आफनो छोरा नफर्के पछि प्रहरी कार्यालयमा उजुरी दिन जादा दलित भनेर प्रहरीले उजुरी दर्ता गर्न नमानी आनाकानी गरेको छ । त्यस्तै सर्लाहीको चन्द्रनगर गाउंपालिका–६ बस्ने जगदिस माझी र नन्दलाल माझी इश्वरपुर नगरपालिका –३ बस्ने सुमन भुजेललाई स्थानीय एकजना ठेकेदारले काम लगाइ दिन्छु भन्दै भारतको उतर प्रदेशमा पर्ने फिरोजवादमा लगेर श्रम शोषण गरि खाना बिना दैनिक १८ घण्टा काम गराए पश्चात उनीहरु सिकिस्त बिरामी परेको थियो । ३ जना दलित मजदुरलाई ठेकेदारले कठोर मानसिक यातना दिएपछि उनीहरु  बिरामी परेको थियो । तत्कालै उपचार नपाएपछि उनीहरुको मृत्यु भयो । घरपविारको एकमात्र सहारा रहेको माझी र भुजेलका परिवार अहिले ठुलो समस्या भोग्न बाध्य भएपछि र सम्बन्धित ठेकेदार उपर कुनै कार्वाही नभएपछि दलित समुदाय जहिले पनि दमन र शोषणको सिकार भएको भन्दै बहुजन  एकता पार्टी नेपालले देषी उपर कडा कार्वाहीको माग गर्दै परिवारलाई क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नुपर्ने भन्दै अनिश्चितकालिन धर्ना शुरु गरेको पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनले बताउनु भयो । राष्ट्रिय अध्यक्ष रंजनका अनुसार पिडित परिवारको जाहिरी प्रहरीले तुरुन्तै दर्ता गरि बेपता पारिएकोलाई खोजी कार्य गर्नुपर्छ । मृत्यु भएको दलित मजदुरका दोषीहरुलाई कानुनको दायरामा ल्याएर पिडित परिवारलाई अविलम्भ क्षतिपुर्तीका व्यवस्था      राज्यले नगरे हामि कडा आन्दोलन गर्न बाध्य हुने राष्ट्रिय अध्यक्ष रंजनले चेतावनी दिनुभयो ।

No comments:

Post a Comment