Thursday, December 23, 2021

सर्लाहीमा विभिन्न मुद्दामा फरार रहेका दुईजना प्रतिवादी पक्राउ

 

प्रतीक फोंटो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस ८

    सर्लाही प्रहरीले विभिन्न  मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगृपालिका वडा न-६  बस्ने वर्ष ४१ को संतोषराज उप्रेती र सोही नगरपालिका वडा न ८ बस्ने वर्ष ४२ को कुल बहादुर कार्की रहेका छन् ।

    उप्रेतीलाई जिल्ला अदालत सर्लाहीबाट सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार रुपैया नगद जरिवाना तथा कार्कीलाई जुवातास मुद्दामा ५ सय रुपैयाँ नगद जरिवाना तोकेको थियो ।

   उनीहरू दुवैजनालाई बुधबार साँझ ७ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।

No comments:

Post a Comment