Saturday, December 4, 2021

द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित"Fertilizer Crisis Could Spell Economic Disaster, Expects Warm" शिर्षकको समाचारमा कृषि मन्त्रालयको ध्यानाकर्षण




एसपी यादव---

काठमाडौ, मंसिर १८ गते

  कृषी तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबारकै दिन द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित "Fertilizer Crisis Could Spell Economic Disaster, Expects Warm" शिर्षकको समाचारमा ध्यानाकर्षण भएको मन्त्रालयका सह-सचीव एवं प्रवक्ता प्रकाश कुमार सन्जेलजले जानकारी गराएका छन् ।


मन्त्रालयका सह-सचीव एवं प्रवक्ता समेत रहेका प्रकाश कुमार सन्जेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा मंसिर १७ गते अर्थात ३ डिसेम्बरको द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित "Fertiliser Crisis Could Spell Economic Disaster, Expects Warm" शिर्षकको समाचारको ".... After India ignored the proposal to sign a long-term government-to-government deal to import fertiliser, Nepal has formally written to China for the same" अंशप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।


रासायनिक मल आयात सहजीकरणका लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सरकार देखी सरकार विधिबाट ५ वर्षका लागि वार्षिक डेढ लाखदेखि २ लाख मेट्रीक टनसम्म मल आयातका लागि भारत सरकारसंग पत्राचार भइ स्वीकृतिको क्रममा रहेको र कृषि सामग्री कम्पनी लिमिटेड एवं साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले भारतबाट खरिद गरेको ५० हजार मेट्रीक टन आइपिएल मलमध्ये ४५ हजार मेट्रीक टन मल प्राप्त भइसकेको र ५ हजार मेट्रीक टन प्राप्त हुने क्रममा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


भारत सरकारबाट मल आयात सम्बन्धमा प्राप्त सहयोग र समन्वयका लागि आभार सहित सोको यथार्थता विपरीत द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रेषित समाचारको अंशले मन्त्रालयको धारणा प्रतिबिम्बित नगर्ने व्यहोरा प्रेस विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको हो ।


कुटनैतिक विषयहरूमा समाचार सम्प्रेषण गर्दा दुइपक्षिय सम्बन्धलाई असर नपर्ने गरि र मन्त्रालयबाट उपलब्ध गराइने वस्तुपरक एवं यथार्थ विषयहरुमा आधारित रहेर मात्र समाचार प्रकाशन र प्रसारणका लागि सञ्चार माध्यमहरुलाई विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

No comments:

Post a Comment