Tuesday, December 14, 2021

नेपाल भारत बोर्डरबाट लागुऔषधसहित एकजना पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २८

    सर्लाहीको गोडैतामा  लागु औषध सहित एकजना पक्राउ परेका छन्।

    सोमबार दिउँसो २:३० बजेको समयमा गोडैता नगरपालिका वडा न-१० मधुवनी गाउँ  स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.०३-०२-०३१प २०८१ नम्बरको रातो कालो रंगको पल्सर मोटरसाइकललाई गस्तीमा रहेका प्रहरीले रोकेर चेकजाँच गर्दा नाइट्रोभेट टेन ट्याबलेट ९०० पिस बरामद गरेको छ।

    लागुऔषध ल्याउने  ब्यक्तिलाई लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई निज उपर  थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं  प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ।

No comments:

Post a Comment