Sunday, December 5, 2021

मलंगवामा बिजुली पसलमा आगलागी,३५ लाखको क्षति

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १९

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित एक होलसेल बिजुली पसलमा आइतबार बिहान  आगलागी भएको छ।

    मलंगवा-९ स्थित बसपार्क नजिक जलाल अहमदको घरको सटरमा मलंगवा नपा-३ बस्ने रामनाथ  चौधरीले संचालन गरेको जय गोपाल ट्रेडर्स होलसेल बिजुली पसलमा आइतवार बिहान करिब साढे ४ बजे अचानक आगलागी हुँदा ३५ लाख बराबरको इलेक्ट्रोनिक  सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   आगलागीबाट पसलमा रहेका सम्पूर्ण  इलेक्ट्रोनिक्स सामानहरूको साथै कागजातहरु जलेर नष्ट भएको पसल संचालक चौधरीले बताएको छ।

   उक्त आगलागी बिहान साढे ५ बजे स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment