Wednesday, December 22, 2021

ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको चौथो दिनको खेलमा घरेलु बयलबास र आमन्त्रित बिरगंज टिम विजयी

 

---खेलाडीहरूलाई वडा न-५ का वडाध्यक्ष रुप बहादुर आलेको तर्फबाट जर्सी वितरण--- 


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ७

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन सम्पन्न दुई खेलमा घरेलु टिम बयलबास र आमन्त्रित टिम बिरगंज टिम विजयी भएका छन् ।

   आज आयोजक बयलबास "ए" टिम र लालबन्दीको एभरेस्ट टिम बिचको पहिलो खेलमा आयोजक टिमले एभरेस्ट टिमलाई १३३ रनको टार्गेट दिंदै १४ ओभरमा अलआउट गरेर विजयी भएका थिए ।उक्त खेलको म्यान अफ द म्याच बयलबास "ए" टिमका प्रतीक शंकर भएका थिए ।

    त्यसैगरी आजै भएको आयोजक  बयलबास "बि"टिम र बिरगंज बिचको दोस्रो खेलमा बिरगंज टिम बयलबास "बि" टीमलाई  १६ ओवरमा १३६ को टार्गेटमा बयलबास "बि" टिमलाई  १३ ओवरमा ऑल आउट गरेर विजेता बनेको छ ।उक्त खेलमा रंजित म्यान अफ द म्याच बनेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिएको छ ।

   जारी क्रिकेट टुर्नामेन्टको क्रममा ईश्वरपुर नगरपालिका वडा न-५ का वडाध्यक्ष रुप बहादुर आले मगरले ईश्वरपुर युवा सेवा समाजका क्रिकेट टिमलाई जर्सी उपलब्ध गराएर सहयोग गरेको अध्यक्ष मिकरानी जानकारी दिएको छ ।

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।

    

No comments:

Post a Comment