Saturday, December 4, 2021

नेपाली काँग्रेस मलंगवा-८ को वडा सभापतिमा अमीत अग्रवाल विजयी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १८

    आसन्न नेपाली काँग्रेसको १४ औं  महाधिवेशनको लागि सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका अन्तर्गत वडा न-८ मा सम्पन्न वडा अधिवेशनमा  अमित कुमार  अग्रवाल सभापतिको पदमा  विजयी भएको छ।

   यसैगरी उपसभापतिको पदमा दुईजना महिलाहरु दिपशिखा अग्रवाल र सरिता कुमारी बडाल विजयी भएका छन् ।त्यसैगरी वडा कार्यसमितिको लागि २ जना  सचिव र २ जना सहसचिवको पदमा विनोद प्रसाद गुप्ता ,विकास अग्रवाल ,अन्जु कुमारी राजभण्डारी र श्रीराम चौधरी लगायत २० जना सदस्यहरु निर्विरोध निर्वाचित भएको पार्टीले जनाएको छ।

   क्षेत्रिय प्रतिनिधिको लागि पनि ३ जना महिला ,२ जना मधेशी, २ जना मधेशी महिला ,१ जना अल्पसंख्यक र १ जना दलित कोटाबाट जम्मा ८ जना निर्विरोध निर्वाचित भएका छन् ।

No comments:

Post a Comment