Saturday, December 25, 2021

प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको सातौं दिनको दुई खेलमा रामगोपालपुर र मलंगवा टिम विजयी

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १०

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको सातौं  दिनको खेलमा आमन्त्रित महोत्तरीको रामगोपालपुर र सर्लाहीको मलंगवा  टिम विजयी भएका छन् ।आज शनिवार पहिलो खेल महोत्तरीको रामगोपालपुर र बलबा नगरपालिका टिम र रौतहटको समनपुर र सर्लाहीको मलंगवा टिम बिच खेलाइएको थियो ।

   पहिलो खेल अन्तर्गत रामगोपालपुरले बलवा टिमलाई   ११८ रनको टार्गेट दिएर १६ ओवरमा अल आउट गरि जित हासिल गरेका थिए ।उक्त खेलको म्यान अफ द म्याच रामगोपालपुर टिमको अकबर अन्सारी   भएको छ ।अन्सारीलाई म्यान अफ द म्याचको पुरस्कार ए.जी कन्स्ट्रक्सन र नेकापा एमालेका सर्लाही जिल्ला सदस्य अब्दुल गफार अन्सारीले प्रदान गरेका थिए।

  यसैगरी आजकै दोस्रो खेलमा समनपुर टीमलाई १ विकेटले हराउँदै  मलंगवा टीम विजय भएका छन् ।यस खेलमा  मलंगवा टीमका मेराज अन्सारी मैन अफ द म्याच भएका छन् ।उनलाई आयुष इलेक्ट्रोनिकका प्रोपराइटर सुरज महतोले पुरस्कार प्रदान गरेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिए

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।








   

No comments:

Post a Comment