Monday, December 27, 2021

पार्टीको संंविधान विपरित भएको समायोजन नमान्ने यादवको घोषणा

 

बखतियार अलि–

सर्लाही १२ पुष                     पुर्व समाजवादी पार्टी र पुर्व राजपा नेपाल पार्टी बिच गत शनिवार माननीय रामबाबु रायको अध्यक्षतामा बैठक बसि जिल्ला समन्वय समिति सर्लाहीको समायोजन भएको घोषणा त्रुटिपुर्ण तथा गलत रहेको जनता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष कौशल किशोर यादवले सोमवार एकप्रेस बिज्ञप्ती जारी गर्दै बताउनु भएको छ । जिल्ला कार्य समिति सर्लाहीलाई जानकारी नगराई छलफल बिना केहि नेताहरुले आफनो आसेपासेलाई राखि समिति एकलौटी रुपमा गठन गरि घोषणा गरेको प्रति आफनो गंभिर ध्यानाकर्षण भएको अध्यक्ष यादवले बिज्ञप्ती मार्फत आरोप लगाउनु भएको छ । पुर्वका दुबै पार्टीको समायोजन सर्व सम्मत ढंगले तयार गर्दा माथिल्लो कमिटिको उपस्थिती अनिवार्य हुनुपर्नेमा प्रदेश समितिले सहमतीको कुनै प्रयासनै नगरी जिल्ला समन्वय समिति सर्लाही समायोजन भएको घोषणा गर्नु पुर्ण रुपमा पार्टीको संविधान र नीति विपरित रहेको अध्यक्ष यादवले बताउनु भएको छ । स्थानीय तथा संघिय निर्वाचन नजिकिदै गएको अवस्थामा यसता किसिमका अनैतिक, अव्यवहारिक र अबैधानिक कृयाकलापले पार्टीको छवि आम जनतामा खराब हुने भएकोले पार्टीको उच्च स्तरिय समितिले सत्यतथ्य छानबिन गरि तूरुन्तै सहमतीको आधारमा जिल्ला समन्वय समितिको समायोजन गरि घोषणा गर्न माग गर्दै अध्यक्ष यादवले बिज्ञप्ती जारी गर्दै त्रुटिपुर्ण समायोजन तूरुन्त सचियाउन जोडदार माग गरेको छ ।

No comments:

Post a Comment