Tuesday, December 21, 2021

ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको तेस्रो दिनको खेलमा बरकुर्वा र चक्रघट्टा टिम विजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा जिल्लाकै दुईवटा  टिम विजयी भएका छन् ।

   आज जिल्लाको बरकुर्वा र हरिपुर्वा तथा चक्रघट्टा र डुमरिया टिम बिच खेल भएको थियो । आजको पहिलो खेलमा हरिपुर्वाको टिमलाई ४ विकेटले हराउँदै बरकुर्वा टिम विजयी भएको छ । बरकुर्वा टिमका मन ओफ द मच : अरुण साह २७ रन र ४ विकेट लिएर म्यान अफ द म्याच बनेका छन् ।

    त्यसैगरी आज भएको दोस्रो खेलमा डुमरियाको टिमलाई ५ विकेटले हराउँदै चक्रघट्टाको टिम विजयी भएको छ ।चक्रघट्टा टिमका खेलाडी राहतले ४० रन र १ विकेट लिएर म्यान अफ द म्याचको उपाधी हासिल गरेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिएको छ ।

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।

    भोली(बुधबार)आयोजक टिम बयलबास र बरगिनिया तथा आयोजक टिम(बयलबास) र लालबन्दीको टिम बिच हुने आयोजक कमिटीले जनाएको छ। 




 

No comments:

Post a Comment