Saturday, December 4, 2021

आदर्श महिला बचत तथा श्रृण सहकारी संस्था बगदहको १५ औं वार्षिक साधारणसभा सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १८

    आदर्श महिला बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा न-५ बगदह अन्तर्गत गोडैता नपा-६ मा संचालित  सहकारीको शुक्रवार  साधारणसभा सम्पन्न भएको हो।

    उक्त साधारणसभा मार्फत संस्थाका व्यवस्थापक एवं  प्रबन्धक रासनारायण राउतले  संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को लेखा परिक्षण प्रतिवेदन तथा संस्थाको गतिविधि प्रस्तुत गरेका थिए ।उनले सहकारीको आर्थिक वर्ष ०७७/०७८ सम्ममा रु १ करोड ६४ लाख ४८ हजार ७ सय १८ कर्जा लगानीबाट बृद्धिभइ कर्जा लगानी बाँकी रु २ करोड ३७ लाख २५ हजार ६७३ रुपैया देखिएको जुन गतवर्षको तुलनामा ६९.३२ प्रतिशतले वृद्धि भएको, त्यस्तै आ.व ०७७/०७८ सम्म सेयर पुँजी २० लाख ८७ हजार ३ सयबाट वृद्धि भएर २७ लाख ४४हजार  १ सय पुगेको जुन गतवर्षको ८तुलनामा ३१.४६ प्रतिशतले वृद्धि भएको उनले जानकारी गराए ।यसैगरी  सोही आ.व सम्म निक्षेप रकम २९ लाख ४० हजार २ सय ८७ रुपैयाबाट वृद्धि भइ ४३ लाख ८३ हजार ९६ रुपैया पुगेको जुन ४९.७ प्रतिशतले वृद्धि भएको छ ।संस्थाको वासलात पनि वृद्धि भएर ६८.२६ प्रतिशत पुगेको छ ।

    संस्थाले आ.व २०७६/०७७ मा आयकर पछिको मुनाफा  ४ लाख ५ हजार ४१२ रुपैया तथा आ.व ०७७/०७८ मा ७ लाख ५३ हजार ८ सय २२ रुपैया खुद बचत गरेको छ।संस्थाले गतवर्ष ८५.९३ प्रतिशत शेयर लाभांश वितरण गरेको प्रबन्धक राउले जानकारी गराएको छ ।

    गोडैता बजारस्थित श्री बेणी भोला नमुना माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको सभाको अध्यक्षता  संस्थाका अध्यक्ष सुभद्रा देवीले गरेका थिए । आर.आर.पि.के मलंगवाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहको प्रमुख आतिथ्य तथा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव,प्रेरणा परियोजना मलंगवाका कार्यालय प्रमुख  मुकेश झा र साकोस सिसौटका अध्यक्ष हरिन्द्र राउतको विशिष्ट आतिथ्यता रहेको उक्त सभामा सेन्चुरी बैंक गोडैता शाखाका अरविन्द देवकोटा,हाम्रो महिला साकोसका व्यवस्थापक मोती प्रसाद श्रेष्ठ ,साझा विकास साकोसका लालबाबु ठाकुर,साना किसान बरहथवाका प्राविधिक राम प्रसाद राय लगायत संचालक समिति तथा लेखा समितिका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक घुरन यादवले जनाएको छ।

  

No comments:

Post a Comment