Monday, December 27, 2021

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर भाग्ने क्रममा आफै बिजुलीको पोलमा ठोक्कियो,चालकको मृत्यु

 




मनोज यादव---

सर्लाही ,पुस १२

   सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-९ स्थित खोरिया टोलमा आइतबार दुईजना पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिएर भाग्ने क्रममा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको छ ।

  आइतबार दिउँसो करिब पौने ४ बजेतिर बयलवास बजारबाट मोहनपुरतर्फ जाँदै गरेको प्रदेश २-०२ ००३ प ७७१३ नम्वरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिइसके पछि मोटरसाइकलसहित भाग्ने क्रममा चालक बरहथवा नगरपालिका वडा न-१० शान्तिटोल बस्ने अच्छेलाल सिंह दनुवारका छोरा ३५ वर्षीय मुकेश सिंह दनुवारको सडक छेउको बिजुलीको पोलमा ठोक्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  दुर्घटनामा गम्भीर घाईते भएका चालक मुकेशलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

      मृतक मुकेशले चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालिका वडा न- ९ बस्ने  ७० वर्षीय महेन्द्र साह र सोही ठाउँ बस्ने सरोज कुमार महतोकी १५ वर्षीया छोरी रन्जना कुमारी महतो घाईते भएका छन् ।

  गम्भीर घाईते साहलाई उपचारका लागि जनकपुर लगिएको छ भने सामान्य घाईते महतोको बयलवास बजार स्थित स्थानीय अस्पतालमा  उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment