Sunday, December 5, 2021

खाजाको पैसा बचाएर दलित तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक समाग्री बाँडियो




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १९

    सर्लाहीको रामनगर गाउँपालिका वडा न-२ को एक सामाजिक संस्था बाल कल्याण समाजले कबिलासी  नगरपालिका वडा न-८  स्थित प्राथमिक विद्यालयमा आइतवार एक कार्यक्रमको आयोजना गरि आर्थिक रुपमा कमजोर दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

    आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम यादवको अध्यक्षता तथा कबिलासी नगरपालिकाका मेयर कौशल यादवको प्रमुख आतिथ्यता आयोजित कार्यक्रमका बीच  २० जना आर्थिक रुपमे कमजोर दलित तथा विपन्न समुदायका बालबालिकालाई मलंगवाकको ज्ञानोदय,ग्रिनलैण्ड,सगरमाथा ,मनलक्ष्मी र एन्ट विद्यालयमा अध्यनरत विद्यार्थीहरुले जोगाएको एक दिनको खाजा वापतको रकमबाट खरिद गरेको  अभ्यास पुस्तक , डट पेन,  औजार  बक्स , कलर बक्स र  पिक्चर डिक्सनरी लगायतका शैक्षिक सामाग्री  प्रदान गरिएको छ ।

   शैक्षिक सामाग्री खरिद गर्न मलंगवा नपा-८ निवासी युवा समाजसेवी अमीत कुमार अग्रवालले पनि आर्थिक सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष यादवले बताएको छ।

    

No comments:

Post a Comment