जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीको अत्यन्त जरुरी सूचना !!!
ट्राफिक व्यवस्थापनलाई चुस्त , दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन जिल्ला भरीका सबैखाले सवारीसाधनका सवारी घनीले निम्न अनुसारको ट्राफिक नियमहरुको पालना गरि सवारीसाधन चलाउन यो सूचना प्रकाशन गरिएको छ।
-:पालना गर्नुपर्ने नियमहरु:-
१.ट्रेक्टर चालकले सवारी चालक अनुमतीपत्र(लाइसेन्स) अनिवार्य रुपमा साथमा लिएर हिंड्नु पर्ने,ट्रेक्टरको ट्रेलरमा निर्माण सामाग्री बोकेको बेला त्रिपालले छोपेर ढुवानी गर्ने ।
२.बसको छतमा यात्रा नगर्ने ।
३.सवारीसाधनको सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने ।
४.बसको छतमा यात्रा गर्न तथा यात्रु बोक्न नपाइने ।
५.बिना हेलमेट मोटरसाइकल चलाउन नपाइने ।
६.आफ्नो मोटरसाइकलको सवारी चालक अनुमतीपत्र(लाइसेन्स)अनिवार्य रुपमा साथमा लिएर चलाउने ।
७.मोटरसाइकलमा २ जना मात्र यात्रा गर्न पाउने ।
८.कुनैपनि सवारीसाधनमा यात्रा गर्दा झुन्डिएर यात्रा नगर्ने ।
९.कुनैपनि सवारीसाधनमा जोखिमपुर्ण यात्रा नगर्ने र नगराउने ।
यस्ता किसिमका ट्राफिक नियमहरुको उलंघन गरेको पाइएमा नेपाल सरकारको नियम बमोजिम कडा भन्दा कडा कार्यवाही गरिने छ ।
" ट्राफिक नियमको आफुपनि पालना गरौं र अरुलाई पनि गर्न लगाऔं "
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाही(प्रदेश न-२)
No comments:
Post a Comment