Friday, December 3, 2021

नेपाल अपाङ्गता संघले मनाए ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १७

     हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन मनाउँदै आएको अन्तराष्ट्रिय अपाङ्गता दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ।

    ‘हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका ब्यक्तिको अधिकार’ भन्ने नाराका साथ  सर्लाहीको सदरमुकाम मलंगवामा पनि नेपाल अपाङ्गता संघ गम्हरियाको आयोजनामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।संघका अध्यक्ष बिरेन्द्र रायको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा जिससको सभाहलमा एक समारोहको आयोजना गरि मनाइएको दिवस मनाइएको हो ।यस    अवसरमा मलंगवा स्थित प्रेरणा परियोजना  संस्थाले अपाङ्गता भएका केही ब्यक्तिहरुलाई सहायता सामाग्री प्रदान गर्ने जानकारी गराएको छ।यसका लागि अपाङ्गता भएका ब्यक्तिको जाँच गर्ने सोही अनुसारको आवश्यक पर्ने सहायता सामाग्री प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ।

   दिवसकै अवसर पारेर नेपाल अपाङ्गता संघ गम्हरियाले जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्ति तथा पत्रकारहरुलाई समेत मधेशको प्रतीक गम्छा ओढाएर सम्मान गरेका छन् ।

  अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण अन्य व्यक्तिलाई हेर्ने भन्दा केही फरक रहेकोले यसलाई  तत्काल परिवर्तन गर्न जरुरी रहेको प्रमुख अतिथि सभापति चौधरीको भनाई थियो । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने उनको भनाई थियो ।

     ग्रामीण नारी उत्थान संघका सचिव सूर्य चालिसे,ओरेक नेपालका देव कुमारी महरा,इन्सेकका  सर्लाही प्रतिनिधि बुधन साह,श्रीप्रसाद साह लगायत जिल्लाका विभिन्न गाउँबाट आएका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा विजय कुमार रायले स्वागत मन्तव्य दिएका थिए ।

 

No comments:

Post a Comment