Wednesday, December 15, 2021

रामचन्द्र महतो कुशवाहा द्वारा लिखित बज्जिका भाषाको तीन विधाको कृतिको संयुक्त लोकार्पण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २९

   सर्लाहीको गोडैता नगरपालिकामा एक समारोहका बीच रामचन्द्र महतो कुशवाहा द्वारा लिखित  बज्जिका भाषाको तीन विधाको कृतिको संयुक्त  लोकार्पण गरिएको छ। नपाका नगर प्रमुख देवेन्द्र यादवले बुधबार गोडैता नपा भगवतीपुर स्थित जनता माद्यामिक विद्यालयको सभा हलमा गोडैता नपाले आयोजना गरेको समारोहका बीच बज्जिका भाषाका साहित्यकार कुशवाहा द्वारा लिखित तीन कृति "बज्जिका समाज दर्पण","बज्जिका समाज दर्शन" र बज्जिका नाटक"सरकारी विद्यालय" को संयुक्त रुपमा लोकार्पण गरेका हुन्।  

   पुस्तक लोकार्पण कार्यक्रममा डा.कमलेश्वर सिन्हा,कुसुन दयाल यादव,विन्दा सहनी,संजय साह,शिवचन्द्र साह,संजय सुदामा,विपिन विहारी सिंह,राम आधार पासवान लगायतका बज्जिका भाषाका कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

  यसै अवसरमा बज्जिका भाषाका राष्ट्रिय अध्यक्ष डा.सिन्हालाई बज्जिका सम्मान २०७८ बाट सम्मानित गर्नुका साथै  कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरुलाई बज्जिका भाषाको विकास तथा प्रचारप्रसारमा योगदान पुर्याए वापत मायाको चिनोले सम्मान गरेको कार्यक्रमका संचालक विनोद कुशवाहाले बताए ।


No comments:

Post a Comment