Saturday, December 4, 2021

फुलपरासी र गोडैताको बीचमा पर्ने सडक छेउको नहरमा पुरुषको शव बरामद

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १८

    सर्लाहीमा शुक्रवार दिउँसो  हत्या गरि पानीमा फालिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका   अनुसार कौडेना गाउँपालिका लक्ष्मीपुर  निबासी राम ईश्वर राउतकाफ ३० वर्षीय छोरा शत्रुधन राउतको शव फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडकको छेउमा रहेको नहरको  खाल्टोमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला मृत परेको हो ।

    मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा घरको छानो बनाउने(घरामी)काम गर्ने मजदुर रहेको र शव फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे काम गर्न गएको थियो ।काम गर्न गएको छोरा राती घर नआए पछि चारै  तिर पत्ता लगाउँदा पनि पत्ता नलागेको र हराएको भोली पल्ट शुक्रवार बिहान पनि पत्ता लगाउँदा जानकारी नआए पछि साँझ त घर आउँछ होला भनि दैनिक काममा लागेर दिउँसो खेतमा काम गर्दै गर्दा गाउँका केही ब्यक्तिहरुले फुलपरासी र गोडैताको बीचमा पर्ने सडक छेउको नहरको पानीमा एक पुरुषको शव फेला परेको छ भन्ने थाहापाए पछि हेर्न जाँदा उक्त शव आफ्नै छोराको रहेको थाहा पाएको रामईश्वरले बताए।

मृतकका बुवा-रामईश्वर राउत 


   घटनाको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment