Thursday, December 9, 2021

नेपाली काँग्रेस क्षेत्र न-२ को क्षेत्रिय सभापतिमा कौशल किशोर राय विजयी

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २३

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही क्षेत्र न-२ को क्षेत्रिय सभापतिमा कौशल किशोर राय विजयी भएको छ ।उनले विहिबार बिहान सम्पन्न मतगणना अनुसार  सर्लाही क्षेत्र नम्बर २ को सभापति पदमा  जिल्ला सभापति नागेन्द्रकुमार रायका भतिजा रुपेश यादवलाई पराजित  गरेका हुन् ।

   संस्थापन पक्ष निकट जिल्ला सभापति राय, मलंगवा नगरपालिकाका मेयर निरसल साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

   क्षेत्रीय समितिमा बहुमत संस्थापन ईतर पक्षका उम्मेद्वारले जितेको बताईएको छ ।संस्थापन ईतर पक्षबाट सर्लाहीमा नेतृत्व गरिरहेका पूर्व जिल्ला सभापति लक्ष्मण राय निकट क्षेत्रीय सभापति सहित २२ जना महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । क्षेत्रीय सभापतिमा विजयी कौशलकिशोर राय पूर्व जिल्ला सभापति लक्ष्मण रायका सहोदर भाई हुन् । 



No comments:

Post a Comment