Wednesday, December 29, 2021

देशकै दोस्रो तथा प्रदेश न-२ को पहिलो ठुलो सहकारी संस्था राजश्रीको २१ औं वार्षिक साधारण सभाको उद्घाटन मलंगवामा सम्पन्न

 



---७ करोड भन्दा बढी निक्षेप संकलन गरेर मलंगवाका खुसीलाल पुरस्कृत---

मनोज यादव---

सर्लाही,पुस १४

      सर्लाहीको सदरमुकाम मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेडको २१औँ वार्षिक साधारण सभाको बुधबार सदरमुकाम  मलंगवामा उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

    प्रदेश न २ को सबैभन्दा ठुलो तथा नेपाल भरकै दोस्रो सबैभन्दा ठुलो मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिटको २१औँ वार्षिक साधारण सभाको प्रमुख अतिथि पुर्व सांसद रामचन्द्र रायले उद्घाटन गर्नु भएको कार्यक्रम संचालक सुवोधहरि राजोपाध्यायले जनाएको छ।

    सभाको अध्यक्षता गर्नुभएका  संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७७/०७८ को आय-व्यय प्रस्तुत गर्नु भएको थियो ।साधारणसभामा अध्यक्ष यादवले  प्रस्तुत गर्नु भएको वासलातमा उल्लेख भए अनुसार संस्थाको सो अवधीको निक्षेप ११ अर्व ९४ करोड ७३ लाख ६१ हजार रुपैया छ भने ८ अर्व ७१ करोड १२ लाख ३९ हजार  रुपैया श्रृण लगानी  गरेको छ ।

   संस्थाले सोही आव मा १२ करोड ३७ लाख ७२ हजार ६९१ रुपैया नाफा कमाएको उल्लेख गरिएको छ ।

    सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व सांसद रायले राजश्री नाफामा गएको र संस्था नाफामा जानूमा सम्पूर्ण कर्मचारी ,सेयरधनी,बचतकर्ता ,फिल्ड कर्मचारीहरुको ठुलो योगदान रहेको बताउनुभयो ।

    सोही अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले सबैभन्दा बढी ७ करोड ५१ लाख रुपैया निक्षेप असुल गरेर उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल हुनुभएका मलंगवाका खुसीलाल यादवलाई कदरपत्र र पुरस्कार द्वारा सम्मानित गरेको छ ।यादवसँगै ४ करोड ८५ लाख रुपैया निक्षेप असुल गरेर दोस्रो स्थान हासिल गर्नु भएका सतिष मल्लिक र २ करोड ९३ लाख निक्षेप असुल गरेर तेस्रो स्थान हासिल गर्न सफल हुनुभएका संतोष कुमार साहलाई पनि यादवले कदर पत्र र पुरस्कारले सम्मानित गर्नुभएको छ।

  सभाको २१ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सफल बनाउन जेसिज माध्यमिक विद्यालय मलंगवाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमका प्रस्तुतिहरु पनि देखाएर सहभागी अतिथिहरुलाई मनोरञ्जन गराएका थिए ।

   कार्यक्रममा विशिष्ट अतिथि प्रदेश न-२ दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, संस्थाका मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ ,प्रबन्ध निर्देशक राम लक्षण राय,उपाध्यक्ष सत्यनारायण अग्रवाल ,भुपु डिभिजन सहकारी कार्यालय प्रमुख सुरेन्द्र लाल कर्ण लगायत,सेयधनी, बचतकर्ता ,पत्रकार हरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment