Friday, December 10, 2021

७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा लोकतन्त्र दैनिकका सम्पादक मनोज यादव सम्मानित

 

  

लोकतन्त्र समाचारदाता---

   ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सर्लाहीमा विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । दिवसको अवसरमा सर्लाहीका पत्रकार राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवलाई सम्मानित गरिएको छ।उनलाई समयसमयमा सर्लाही जिल्लामा घटित मानवअधिकार हनन सम्बन्धि समाचार लेखेर आम नागरिकहरुलाई सुसूचित गराए वापत दिवसको अवसर पारेर मानवअधिकारको क्षेत्रमा काम गर्ने कार्यक्रमका आयोजक तथा सहआयोजक संस्थाहरुले संयुक्तरूपमा कदरपत्र द्वारा सम्मानित गरेको हो ।   

      पत्रकार यादवसँगै जिल्लाका अन्य तीनजना पत्रकारहरु बन्दना झा, राधेश्याम कुशवाहा र संतोष कर्णलाई पनि कदरपत्र द्वारा सम्मानित गरिएको छ।सोही अवसरमा मानवअधिकारको क्षेत्रमा उदाहरणीय काम गरेका २१ जना समाजसेवीहरुलाई पनि सम्मानित गरिएको छ ।

   "जीवन मर्यादा,समानता र स्वतन्त्रताको अधिकार, दिगो शान्ति र समुद्धिको आधार" भन्ने नाराका साथ शुक्रवार मानवअधिकार रक्षक संजालको  आयोजनामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया गरी मनाइएको यस दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार ,महिला तथा पुरुषहरु द्वारा दाइजो प्रथा अन्त गरौं ,महिला अधिकारको सम्मान गरौं ,बालअधिकारको संरक्षण गरौं  लगायत विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर मलंगवा नगर क्षेत्रको समेत परिक्रमा गरिएको छ ।उक्त र्याली कार्यक्रम स्थल जिससको कार्यालयबाट सुरु गरी सहिद चौक ,  बसपार्क , बालमन्दिर चौक, नगरपालिका चौक हुँदै पुनः कार्यक्रम स्थल जिससको कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।

   र्याली पछि जिससको सभाहलमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा "जिल्लामा मानवअधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका"को विषयमा अन्तरक्रिया गरिएको छ ।उक्त अन्तरक्रियामा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी र सरोकारवालाहरु बीच जिल्लामा भएका र प्रायः हुने गरेका मानवअधिकार हननका घटना र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।

  कार्यक्रममा उपस्थित अतिथिहरुलाई बाल कल्याण समाजका रामनगर गाउँ पालिकाका अध्यक्ष सुन्दर श्याम रायले  मन्तव्य मार्फत तथा मैथिली गायक संतोष कर्णले गीत मार्फत  स्वागत गरेका थिए ।

      मलंगवा नपा का प्रमुख निरसल साहको विशिष्ट आतिथ्यता तथा रजनीकांत झा,इन्सेकका बुधन साह,रम्भा झा, बिनिता कार्की लगायतका समाजसेवी अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमलाई सफल र भब्य बनाउन मानवअधिकारको क्षेत्रमा काम गर्ने जिल्लाका ओरेक, इन्सेक ,आर.आर. पि के,सेभ द चिल्ड्रेन,प्रेरणा परियोजना ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,बाल कल्याण समाज,फ्रिडम फर अल नेपाल ,मलंगवा नगरपालिका लगायतले आर्थिक रुपमा सहयोग गरेको कार्यक्रमका संचालक मानवअधिकारकर्मी मुकेश मिश्रले जनाएको छ ।


No comments:

Post a Comment