Thursday, December 30, 2021

पत्रकार महासंघ प्रादेशिक समितिको पाँचौ बैठकमा पत्रकारहरु बिच "नैतिक पत्रकारिता आजको आवश्यक्ता" विषयमा एकदिने आन्तरिक छलफल,अतिथि पत्रकारहरुलाई हरिवनका किसानले तरकारीको माल लगाएर उखु उपहार दिए

 



मनोज यादव---

सर्लाही,पुस १५

    नेपाल पत्रकार महासंघ प्रदेश न-२ प्रादेशिक समिति र सर्लाहीका पत्रकारहरु बिच एकदिने आन्तरिक छलफल सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।  

   नेपाल पत्रकार महासंघ प्रादेशिक समिति, प्रदेश न-२ को आयोजना तथा  प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा बिहीबार हरिवन स्थित सगुन सहकारीको सभाहलमा भएको कार्यक्रममा महासंघको सांगठनिक विषय, सञ्चार क्षेत्रमा परेको असर,पारिश्रमिक ,पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माण तथा कार्यालय व्यवस्थापन,पत्रकारिता क्षेत्रमा हावी हुँदै गएको राजनीति ,पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता,स्थानीय तहसँग विज्ञापन प्राप्तिको लागि हुने कमिसनको खेल, लोककल्याणकारी विज्ञापन लगायतका विविध विषयमा छलफल गरिएको छ। 

    मिडिया काउन्सिलका प्रदेश दुईका अध्यक्ष शिबहरी भट्टराईको प्रमुख आतिथ्यतामा भएको प्रादेशिक समितिको पाँचौ बैठकले सात बुद्दे सर्लाही घोषणा पत्रसमेत जारी गरेको छ ।जारी घोषाणा पत्रमा पत्रकारिता पेशा लाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मा समिक्षा तथा विभिन्न कार्यक्रम मार्फत प्रेरित गर्ने ,पत्रकारको पेशागत भौतिक सुरक्षाका साथै जेष्ठ अग्रज पत्रकारहरुको लागि पेन्सनको लागि सरकारको ध्यानाकर्षण गराउने ,,कोरोना संक्रमणको कारण ज्यान गुमाएका पत्रकार र प्रभाबित भएका पत्रकार तथा संचारगृह लाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने ,सर्लाही सहित प्रदेश दुईकै कृषि उधोग पर्यटन लगायतको बिषय लाई उठान गरि समग्र नागरिकमा सुसुचित गराउन कलम चलाउने ,लगायतका बुद्दाहरु रहेका छन ।

    सर्लाहीको हरिवन र लालबन्दी उखु र तरकारी खेतीको लागि देशमै प्रख्यात रहेको र यस क्षेत्रका ८० प्रतिशत भन्दाबढी नागरिकहरु खेतीमै आश्रित रहेका छन् ।यस क्षेत्रमा उत्पादन हुने गोलभेडा लगायतका हरियो तरकारी देशका विभिन्न ठूलासाना शहर बजारमा निर्यात हुने गरेको छ ।सोही कुरा देखाउन  हरिवनका तरकारी खेतीमा संलग्न  किसान र उखु किसानका अगुवा कपिलमुनी मैनालीले संयुक्तरूपमा  कार्यक्रममा  सहभागी हुन आएका पत्रकार महासंघ प्रादेशिक समिति  प्रदेश न-२ का पदाधिकारीहरु र मेडिया काउन्सिल प्रदेश २ का पदाधिकारीहरुलाई उपहार स्वरुप एकएकवटा उखु प्रदान गर्दै उनीहरूले उत्पादन गरेको तरकारीको माला लगाएर स्वागत गरेका थिए ।

   कार्यक्रममा प्रदेश न-२ मेडिया काउन्सिल का अध्यक्ष शिवहरि भट्टराई ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी,कार्यक्रम संयोजक शंकर श्रेष्ठ ,नेपाल पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष टंक क्षेत्री ,प्रदेश न-२मेडिया काउन्सिल सदस्य बन्दना झा,अकोराव केन्द्रीय सदस्य कृष्ण कुमार  एस्माली,अकोराव प्रदेश २ अध्यक्ष मनोज कुमार यादव,पत्रकार महासंघ प्रदेश २ कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासचिव श्याम बन्जारा,सदस्य महेश्वर अधिकारी ,बरिस्ठ पत्रकार रोशन न्यौपाने , महासंघ सर्लाही शाखाका सदस्य लगायत सर्लाहीका अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।

   



 

No comments:

Post a Comment