Tuesday, December 21, 2021

ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा मलंगवा टिम विजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ६

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा मलंगवाको टिम विजयी भएको छ।

   लालबन्दीको जनज्योति माविको टिमलाई ३ विकेटले हराउँदै मलंगवा टिम विजेता बनेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिएको छ ।

   उक्त खेलमा ५३ रनको साथै ३ वटा विकेट लिएर मलंगवाका विशला पटेल म्यान अफ द म्याच बनेका थिए ।

     ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट  प्रतियोगिताको आइतवार ईश्वरपुर नगरपालिका स्थित खेल मैदानमा एक समारोहका बीच मेयर मनोज देवकोटा र उपमेयर एकावती देवी चौधरीले  उद्घाटन गरेका थिए।

    प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।

No comments:

Post a Comment