Sunday, December 26, 2021
छात्रवृत्ति रकमको सदुपयोग गर्दै सर्लाहीका दलित बालबालिका,पढाइ प्रति उत्साह बढेको उनीहरूको भनाइ
उक्त संस्थाले अती विपन्न तथा ज्याला मजदुरीको काम गर्ने घरपरिवारका दलित विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउने उदेश्यले सन् 1992 देखि सेभ द चिल्ड्रेन सँगको साझेदारीमा संचालित छात्रवृति कार्यक्रम अन्तर्गत दलित समुदाय भित्र पर्ने सर्लाहीका १ सय दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वापतको रकम प्रदान गर्दै आइरहेको छ ।संस्थाले उक्त रकम प्रत्येक त्रैमासिक रुपमा आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार र स्नातकोत्तर तहकालाई २५ सयका दरले प्रती विद्यार्थी छात्रवृत्ति वितरण गर्दै आएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नीति अनुसार विद्यार्थीहरुलाई वितरण गरिदै आएको छात्रवृत्ति रकमको सदुपयोग, शैक्षिक प्रगति ,विद्यालय नियमितता , विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा नियमित अनुगमन र घरभेट गर्नुपर्ने भएकोले संघका जिल्ला अध्यक्ष राजेश पासवानको नेतृत्वमा जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सोभित साह,मानव अधिकार रक्षक संजालका महासचिव शुन्दर श्याम राय र राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक एवं मनोज यादव सहितको टोलीले गोडेता नगरपालिकाको सिमरा भगवतीपुर ,बकैनिया, ब्रहमपुरी गाउँपालिकाको पडरिया ,चन्द्रनगर गाउँपालिकाको कामद , कबिलासी नगरपालिकाको र कबिलासीमा अनुगमन गरि विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी लिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment