Wednesday, December 8, 2021

गोडैतामा नेकपा माओवादी केन्द्रको प्रथम नगर अधिवेशन सँगै नगर कार्यालयको उद्घाटन सम्पन्न

 


मनोज यादव---

सर्लाही,मंसिर २२ 

    सर्लाहीको गोडैतामा नेकपा माओवादी केन्द्रको प्रथम नगर अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।

  उक्त अधिवेशनको  गोडैता नगरपालिका वडा न-८ स्थित गोडैता बजारमा पार्टीका जिल्ला सदस्य एवं सर्लाही क्षेत्र न-४ का क्षेत्रीय अध्यक्ष अनिता राय यादवको अध्यक्षतामा तथा प्रदेश न-२ का पार्टी अध्यक्ष प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा मंगलबार  आयोजित एक समारोहका बीच उद्घाटन गरिएको हो ।अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले आगामी स्थानीय, प्रदेश तथा संघीय  निर्वाचनमा नेकपा माओवादी केन्द्र देशको पहिलो पार्टी बनेर देखाउने  बताउनुभयो ।उहाँले स्थानीय , प्रदेश र केन्द्रसम्मनै एक भएर जानुपर्ने वताउनुभयो ।


   केन्द्रीय सदस्य एवं पुर्व मन्त्री रामेश्वर राय,केन्द्रीय सदस्य एवं  प्रदेश न-२ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह,केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेको विशिष्ट आतिथ्यता रहेको उद्घाटन समारोहमा सह जिल्ला इन्चार्ज लुमडी धिमाल,रामपृत यादव,सर्लाही जिल्ला संयोजक कमल बुढाथोकी ,संविधान सभा सदस्य शिवपुजन राय,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य एवं प्रदेश कमिटी सदस्य सावित्रा बुढाथोकी ,संविधान सभा सदस्य शम्भु पासवान ,क्षेत्र न-४ का क्षेत्रीय अध्यक्ष फकिरा महतो नविराज खान,सूर्य कान्त यादव लगायतका सैकडौं माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

   कार्यक्रममा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव, नविराज खान,रामबाबु दास,फकिरा महतो लगायतका नेताहरुले

शुभकामना मन्तव्य राखेका थिए ।

     यसै अवसरमा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री रामेश्वर रायले गोडैता नपाको वडा न-८ मा  पार्टीको नगर कार्यालयको समेत उद्घाटन गर्नुभएको छ।

No comments:

Post a Comment