Tuesday, December 28, 2021

एकवर्षको अवधीमा सर्लाहीमा ७ जना सिडियो साहबहरुको सरुवा,कर्मचारी निरुत्साहित तस्कर तथा अपराधीहरु हर्षित

 

                                          


मनोज यादव----

सर्लाही,पुस १३

     १२ महिना नबित्दै सर्लाहीमा  ७ वटा सिडियोहरुको सरुवा भएपछि जिल्लाको शान्ति सुरक्षा प्रभावित भएको छ भने सरकारी कर्मचारी तथा  सेवाग्राहीलाई समेत काम कारवाही गर्न असहज भएको छ ।

   भर्खरै सर्लाहीमा २ महिना अगाडी सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी(सिडियो) बाबुराम खतिवडाको पनि सरुवा भएको छ ।एक हप्ताको लागि  बिदामा गएका सिडियो बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रुपमा स्थानेश्वर गौतमलाई  पठाएको छ।

     यसरी २ महिना नबित्दै प्रमुख जिल्ला अधिकारी(सिडियो) को सरुवाले जिल्लामा चौतर्फी असर परेको  जानकारहरुले बताएका छन् ।प्रजिअले आफ्नो काम कारबाही दुरुस्त रुपमा गर्न नपाउँदै सरुवा भएर जाँदा  तस्कर तथा आपराधिक गतिविधिमामा संलग्न आपराधिक प्रवृत्तिका ब्यक्तिहरू हर्षित हुने गरेको   जानकारहरु बताउँछ ।पछिलो समय सर्लाहीमा २-२ महिनाको अन्तरालमा सिडियोहरुको सरुवा भए पछि  जिल्लामा अराजकता तथा आपराधिक गतिविधि बढेको छ । 

  एक वर्षको अवधीमा सर्लाहीमा मोहन बहादुर जीसी,सुरेन्द्र पौडेल, नारायण प्रसाद भट्टराई उनको सरुवा सर्लाहीमा भएपनि उनी सर्लाहीमा हाजिर नभएर  बाहिरैबाट सरुवा गराएर अन्तै गएका थिए । भट्टराई पछि  हेमराज तामाङ, रामकुमार महतो र महतो पछि भर्खर डेढ महिना अगाडी गृहबाट सरुवा भएर प्रजिअको रुपमा बाबुराम खतिवडाले जिल्ला प्रशासन कार्यालय सर्लाहीको चार्ज लिनुभएको थियो। उहाँको पनि डेढ महिना नबित्दै  सरूवा भएकाे छ र उहाँको  ठाउँमा आज(मंगलबार) मात्र गृह मन्त्रालयबाट आउनु भएका थानेश्वर गाैतम नयाँ  प्रजिअकाे रूपमा सर्लाही जिल्ला प्रशासन कार्यालय सर्लाहीको जिम्मेवारी सम्हाल्नु भएको छ।

   यसरी २-२ महिनामै सिडियोहरुको काज सरुवा भए पछि जिल्लाको शान्ति सुरक्षामा ठुलाे खलल पुगेको नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष अधिवक्ता नरेश कुमार चौधरीले बताए ।केही-केही दिनमै भइरहेको सिडियोहरुको सरुवाले गृह मन्त्रालय सर्लाहीको सवालमा फेलियर भएको उनले भने ।सिडियोहरु आफ्नाे कार्यकाल पूरा नहुँदै सरुवा भएर जाँदा   कार्यालयको धरै काम कारबाहीमा नकारात्मक  असर पुगेकाे जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूले बताए ।

  अब आउनु भएका नयाँ सिडियो  गाैतम पनि कति दिनसम्म सर्लाहीमा टिक्ने हो ? त्यो हेर्न बाँकी छ।जिल्लामा सरुवा भएर आएदेखि उहाँको पनि उल्टो गन्ति शुरु भइसकेको बुद्धिजीवीहरु बिच कुरा चल्न सुरु भइसकेको छ ।

     

No comments:

Post a Comment