Sunday, December 5, 2021

गोडैताका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसीर १९

    सर्लाहीको गोडैता नगरपालिकाले पालिका अन्तर्गत १२ वटा वडामा कार्यरत ९१ जना  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आज(आइतवार) सम्मानित गरेको छ ।

    "स्वास्थ्य जिवन शैली हाम्रो आवश्यकता ,संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका" भन्ने नाराका साथ आज  भगवतीपुर स्थित श्री जनता माद्यामिक विद्यालयमा आयोजित १८ औं महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा कार्यक्रमका अध्यक्ष  नगर प्रमुख देवेन्द्र कुमार यादवले  उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक प्रमोद पंडितले जनाएको छ ।

   कार्यक्रममा बोल्ने बक्ताहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरु घर–घरको डाक्टर भएको बताएका थिए । स्वयंसेविकाहरुले समुदायमा राम्रो सेवा पुर्याएको भएपनि राज्यले उनिहरुको कामको सहि मुल्यांकन  गर्न नसकेको बताएका थिए ।

   यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुले सरकारले उचित सेवासुविधा नदिएको गुनासो गरेका थिए । आफूहरुको कामको तुलनामा पाउने सुविधा निकै कम भएको भन्दै राज्यले बेवास्ता गरेको गुनासो गरेका  थिए । साथै उनिहरुले कार्यक्रम मार्फत  टाढा रहेका ठाउँमा समयमा पुगेर छिटोछरितो सेवा प्रदान गर्न आफुहरुलाई साइकलको व्यवस्था गरिदिनु पर्ने समेत माग गरेका थिए ।

    नगर प्रमुख यादवको अध्यक्षता रहेको कार्यक्रममा १२ वटै वडाका स्वयंसेविकाहरु सहित, विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी ,स्वास्थ्यकर्मी, स्थानिय समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

   यसै अवसरमा ४ जना क्रियाशील  पत्रकारहरुलाई पनि नगर प्रमुख यादवले दोसल्ला ओढाएर सम्मानित गरेको कार्यक्रमका संचालक एवं स्वास्थ्य शाखा संयोजक पंडितले बताएको छ।

No comments:

Post a Comment