Thursday, December 2, 2021

१० वर्षपछि बन्यो मलंगवामा दलित छात्रावास

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १६

    सर्लाहीको मलंगवा नगरपालिका वडा न–२ पब्लिक माविस्थित झण्डा बजारमा दलित छात्रावासको भवन १० वर्षपछि सम्पन्न भएको छ ।

विसं २०६८ सालदेखी निर्मानाधिन दलित छात्राबास भवनको निर्माण सम्पन्न भइ बुधबार विधिवत रुपमा समुद्घाटन गरिएको छ ।

   सर्लाहीका दलित मुक्ति आन्दोलनका नेता तथा संस्थापक नेता गोबिन्द पासवानले  दलित समुदायको विद्यार्थीले भोगेका उत्पीडन ,वेदनाको स्पष्ट दृष्टिकोण राखेपछि यसलाई सहज रुपमा स्विकार गरी तत्कालीन  रामकविर मठका मठाधिश  स्व:रामनारायण दास बैरागीले जग्गा प्रदान गर्नु भएको जग्गामा करिब ८५ लाखको लागतमा दुईतले दलित छात्रावास भवनको निर्माण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो।

     उक्त  दलित छात्राबास भवनको निर्माणकार्यमा स्थापनाकालदेखी नै निरन्तर सहयोग गर्दैआएका रामनरेश मण्डलको अध्यक्षतामा बुधबार सर्लाही निर्वाचन क्षेत्र न- १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  प्रमोद साहले समुदघाटन गर्नुभएको हो ।

   उद्घाटन  कार्यक्रममा विशिष्ट अतिथि मनपा का मेयर निरसल साह ,प्रदेश सभा सदस्य  रवीन्द्र बैठा , दलित नेता  गोविन्द पासवान, राम सेवक राम,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान, राम केवल माझी, राजन बैठा, सकुन्तला देवी,महेश पासवान, राज कुमार पासवान, जसीया देवी मलिक लगायतका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।

   

No comments:

Post a Comment