Friday, December 31, 2021

ईन्टरनेशनल वडि विल्डिङ स्पोर्टस् प्रतियोगितामा तृतिय स्थान हासिल गरेका नेपाली टाइगर उपनामले चिनिने सर्लाही लालबन्दीका बडी विल्डर खेलाडीलाई सुरेन्द्र महतोलाई गृह जिल्लामा स्वागत तथा सम्मान

 



मनोज यादव----

सर्लाही ,पुस १६

   नेपाली टाइगर उपनामले चिनिने सर्लाहीको लालबन्दी नगरपालिका वडा न-५ निवासी अन्तर्राष्ट्रिय बडी विल्डर्स खेलाडी सुरेन्द्र महतोलाई  स्थानियबासीहरुले सम्मान गरेका छन्।

       नेपाली टाइगर महतोलाई नेशनल बडी विल्डिङ युनियन नेपालको तर्फबाट ईन्टरनेशनल वडि विल्डिङ स्पोर्ट प्रतियोगितामा तृतिय स्थान हासिल गरेर विश्वसामु देश र सर्लाही जिल्लाको मान राखेको भन्दै स्थानीयबासीहरुले लालबन्दी वडा न-५ स्थित उहाँकै घरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन।

   भारतकाे दिल्लीमा भएको विश्व स्तरिय प्रतियाेगितामा ९ देशका बडी विल्डर्स खेलाडीहरुको सहभागीता रहेकाे थियाे । जसमा महताेले तृतिय स्थान हासिल गरेका थिए ।एसियामा तृतिय स्थान ल्याउन सफल भएका ३७ वर्षीय महताेले विश्वभरकाे प्रतियोगितामा तृतिय स्थान हासिल गरेका हुन ।

     विश्वमा तृतिय स्थान हासिल गरेर देशको मान, सम्मान र इज्जत राखेको भएपनि नेपाल सरकार तथा स्थानिय सरकारले कुनै किसिमकाे सहयाेग नगरेकाे  महताेले गुनासो गरे ।तर  नेपालकाे नाम विश्व सामु चिनाउन पाउँदा  आफुलाई धेरै खुसि लागेकाे बताउनु भयाे । उनले सबैको साथ र सहयाेगले आफू सफल भएको बताउदै  नेपाल सरकारले खेलाडीहरुको लागि  खेल र क्षेत्र अनुसारकाे व्यवस्था गर्नु पर्ने बताए । यसलाई निरन्तरता दिंदै अब आफुले नेपाली खेलाडी तथा खेलक्षेत्रमा लाग्न चाहने युवाहरुलाई अनलाइन मार्फत फ्रि तालिम दिने नेपाली टाइगर महतोले बताए ।

    सम्मान ग्रहण गर्दै महतोले करिब १० वर्ष पहिलादेखि नै आफुले जिम गर्दै आएको र मन भित्रैबाट बडी विल्डर बन्ने ईच्छा शक्ति रहेको कारण भारतमा गएर तालिम लिएको बताउदै  नेपाल सरकारले सरकारी जिमखानाहरु संचालन गरेर  नि:शुल्क रुपमा जिम गर्न पाउने व्यास्था गर्नु पर्ने बताउनु भयाे ।साथीहरू  र पारिवारकाे भरपुर सहयाेगका कारण आफू सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

    ९ देशकाे सहभागीता रहेकाे सो प्रतियाेगितामा भारतले प्रथम र द्वितीय तथा  नेपालले तृतिय स्थान हासिल  गरेका थिए ।

No comments:

Post a Comment