Thursday, December 23, 2021

प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिको पाँचौ दिनको खेल रौतहटको पोल्टामा ,म्यान अफ द म्याच कमरान अन्सारी

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ८

    सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनको खेलमा आमन्त्रित रौतहट टिम विजयी भएको छ ।आज बिहिवार सम्पन्न  खेलमा सर्लाहीको नोकैल्वा टिमलाई हराउँदै रौतहटको टिम विजयी भएको हो ।

     रौतहट टीमले नोकैल्वा टिमलाई २० ओभरमा १२६ रनको टार्गेट दिएर १८ ओवरमा ऑल आउट गर्दै विजेता बनेको आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिए ।

   उक्त खेलको म्यान अफ द म्याच रौतहट  टिमको कमरान अन्सारी भएको छ ।अन्सारीलाई म्यान अफ द म्याचको पुरस्कार जे.पी मसला उधोगका संचालक जयनाथ साहले प्रदान गरेका थिए । 

    ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।





   

No comments:

Post a Comment