Thursday, December 9, 2021

मनकारी स्कुले विद्यार्थी द्वारा टुहुरा दलित तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण

 







लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २३

    सर्लाहीको रामनगर गाउँपालिका वडा न-२ को एक सामाजिक संस्था बाल कल्याण समाजले रामनगर  गाउँपालिकाका विभिन्न विद्यालयमा अध्यनरत आर्थिक रुपमा कमजोर टुहुरो दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

    आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम यादवको अध्यक्षता तथा रामनगर गाउँपालिका वडा न-१ निवासी युवा समाजसेवी एवं जसपा सर्लाहीका कोषाध्यक्ष मनोज यादवको  प्रमुख आतिथ्यतामा तपस्वी जगदेव मावि रामनगर-३ को सभाहलमा आयोजित कार्यक्रमका बीच  आर्थिक रुपले कमजोर टुहुरो दलित तथा विपन्न समुदायका १५ जना  बालबालिकालाई श्रीमति कृष्णादेवी जनता  मावि(अंग्रेजी माध्यम) मलंगवा ,आइडल इंग्लिस बोर्डिङ स्कुल लालबन्दी ,जानकी मावि लालबन्दी ,सनफ्लावर इबो स्कुल नवलपुरका विद्यार्थीहरुले एक दिनको खाजा वापतको रकम र युवा समाजसेवी मनोज यादव र वर्ड इबो स्कुल सिसौटका संचालक राम बालक बैठाको आर्थिक सहयोगमा रामनगर गापा क्षेत्रमा रहेका विद्यालयमा अध्यनरत दलित तथा विपन्न वर्गका स्कुले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको आयोजक संस्थाले जनाएको

छ।

    वितरण गरिएका शैक्षिक सामाग्रीहरुमा दस थान अभ्यास पुस्तिका , दस थान डट पेन, एक थान औजार बक्स,एक थान कलर बक्स र एक थान पिक्चर डिक्सनरी रहेको संस्थाका अध्यक्ष यादवले बताएको छ।


   उक्त संस्थाले यसअघि पनि जिल्लामा विभिन्न विद्यालयका विद्यार्थी तथा मनकारी ब्यक्तिहरुको सहयोगमा विपन्न दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिसकेको छ।यो संस्थाले आफ्नो सम्पूर्ण कामहरु मलंगवा नपा वडा न-८ स्थित सम्पर्क कार्यालय मार्फत गर्दै आएको छ।

    कार्यक्रममा विशिष्ट अतिथि मानवअधिकारकर्मी राजेश पासवान,तजमावि का प्रअ गजेन्द्र यादव लगायत रुवा संस्थाका प्रतिनिधि विनिता यादव,वर्ड इबो सिसौटका शिक्षक प्रतिनिधि शिवशंकर यादव,विक्रम परिवारको समेत उपस्थिति रहेको थियो ।



      

     

No comments:

Post a Comment