Sunday, December 26, 2021

मल नपाउँदा कृषक हैरान, डिलर मालामाल

 


                                    



मनोज यादव---                        सर्लाही, पुष ११

     गहुँ र हिउँदेवालीकाे लागि पकेट क्षेत्र मानिने सर्लाही जिल्लामा अहिले मल नपाएर किसानहरूले लगाएकाे वाली बिग्रिन थालेका छन् ।कतिपयले लगाइसकेको गहुँबालीमा मल खाध हाल्न पाएका छैनन् भने कतिपयले मल खाध उपलब्ध नहुँदा बाली लगाउने कि न लगाउने भन्ने अन्यौलमा परेका छन् ।

     मल खाद नपाएर किसानहरुलाई बाली कसरी सप्रिन्छ भन्ने चिन्ताले सताएको छ भने यहाँ डिलरवालाहरु मल खाध बल्याकमा बेचेर मालामाल भइरहेका छन ।




    कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाहीका अनुसार  सर्लाहीमा युरिया १ हजार बाेरा र डिएपी ८ सय बाेरा आयात भएकाेमा युरिया प्रती बाेरा ८ सय १५ रुपैया  र डिएपी मल २२ सय ६५ रुपैयामा सहकारी संस्था मार्फत बिक्री बितरण गरेकाे छ । आयात भएका सबै मल जिल्लाका पालिकाहरूकाे सिफारिसमा सम्बन्धित  डिलरलाई बिक्री वितरण गरिसकेकाे कार्यालयको भनाइ छ। 

   सरकारी अनुदान सहितकाे दर रेट अनुसारनै युरिया मल ८ सय १५ रूपैया र डिएपी मल २२ सय ६५ रूपैया कायम गरि  बिक्री वितरण गरेकाे कार्यालयले जानकारी दिए । 

    तर उता किसानहरुले भने डिलरवालाहरु सरकारी अनुदानमा पाएकाे मल-खाद  बल्याकमा बिक्री वितरण गरि रहेकाे आराेप लगाएका छन् ।




    सरकारी अनुदानको मल खाद जिल्लाका ग्रामीण भेगमा रहेका किराना पसलदेखि औषधि पसलहरूमा खुलेआम बल्याकमा  बिक्री वितरण भईरहेकाे किसानहरूले बताएका छन् । जिल्लामा सरकारी अनुदानमा आएका युरिया मल अहिले किसानहरु १२ देखि १५ सय रुपैया  र डिएपी मल ३ हजार देखि ३५ सय रुपैयासम्ममा किन्न बाध्य भएका छन् ।

     अनुगमन गर्ने निकायहरु सम्बन्धित  पालिका र जिल्ला प्रशासन कार्यालय  निस्कृय भएका कारण अहिले मल खादको बिक्री बल्याकमा भई रहेको कृषि सामाग्री कार्यालय सर्लाहीले बताउँदै आएको छ। 

    मलखाद बिक्री वितरण गर्न  सर्लाही जिल्लाका २० वटा पालिकाहरूले सिफारिस गरेका १ सय  ७० वटा डिलरहरूलाई अधिकार दिइएकाे छ ।


    कृषि सामाग्रीले  मलखाद उपलब्ध गराएपनि  सहज रुपमा मल खाध नपाएर  बल्याकमा भएपनि खरिद गरेर काम चलाउनु परेको किसानहरूले दुखेसो पोखेका छन् ।




    यस्तो समस्या एक सिजनको मात्र नभइ प्रत्येक सिजनको रहेको र हरेक वर्ष धान, गहुँ लगायत अन्य बाली लगाउने बेला हुने गरेको किसानहरु बताउँछन् । 


    

No comments:

Post a Comment